१ कार्तिक २०८३, आइतबार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ असार । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ४०० ले ओरालो लागेर रु ९४ हजार ६०० तोकिएकोे छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार १०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार १८५ तोकिएको महासङ्घले जनाएको छ ।