
उदयपुर, २३ असार । उदयपुरमा दुई बालिका सुनकोशी नदीमा बेपत्ता भएका छन् ।
त्रियुगा नगरपालिका–१४ धाप्लाङस्थित सुनकोशी नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा खामबहादुर राईका १४ वर्षीया छोरी बिना राई र जीतबहादुर राईका १३ वर्षीया छोरी बिपना राई रहेका प्रहरीले जनाएको छ ।
उनीहरु हिजो दिउँसो गोठाला जाँदा नदीमा नुहाउने क्रममा भएका हुन् ।
उनीहरुको खोजी भइरहेको छ ।















प्रतिक्रिया