
काठमाडौँ, २३ असार । काठमाडौँका सानोभ¥याङ र शंखरापुरमा भएका स्कुटर र मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
बिहीबार विहान २ बजे सानोभ¥याङमा बा ९५ प ९७२३ नम्बरको स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएर पल्टिँदा स्कुटरको पछाडि सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा चितवनका अर्जुन लोहनी रहेका छन् ।
उनको उपचारका क्रममा मनमोहन मेडिकल कलेज सीतापाइलामा मृत्यु भएको थियो । स्कुटर चालक प्रहरी नियन्त्रणमा छन् ।
त्यस्तै, शंखरापुर नगरपालिका–९ खुलालटारमा बा ५८ प ६५५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय दीपक केसीको मृत्यु भएको छ ।















प्रतिक्रिया