१ कार्तिक २०८३, आइतबार

काठमाडौँ बाहिर पनि फैलियो हैजा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ असार । काठमाडौँ उपत्यका बाहिर पनि हैजा सङ्क्रमण पुष्टि भएको छ ।

हटौँडामा पनि हैजा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले जनाएका छन् ।

चाँगुनारायण नगरपालिका ४ दुवाकोटमा पनि थप एक जनामा सङ्क्रमण पुष्टि भएसँगै हैजाबाट सङ्क्रमितको सङ्ख्या २१ जना पुगेको छ ।

भक्तपुर दुवाकोटका सङ्क्रमितको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र हेटौँडाका हैजा सङ्क्रमितको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको इडीसीडीले जनाएको छ । हैजा सङ्क्रमणको मुख्य स्रोत पानी भएको दासले बताए ।

काठमाडौँ उपत्यकामा मात्रै १८ स्थानमा हैजा देखिएको छ ।