१ कार्तिक २०८३, आइतबार

संघ र प्रदेशको चुनाव मंसिर २ गते एकै चरणमा गर्न निर्वाचन आयोगको सिफारिस

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ असार । निर्वाचन आयोगले आगामी मंसिर २ गते संघ र प्रदेशसभाको सदस्य निर्वाचन एकै चरणमा गर्न सरकारलाई सिफारिस गरेको छ ।

वुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनका लागि मिति सिफारिस गरेको हो ।

‘आज प्रमुख आयुक्तसहितको टोलीले प्रधानमन्त्रीज्यूलाई भेटेर एकै चरणमा मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न मिति सिफारिस गरेको छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

यस्तो छ आयोगको विज्ञप्तिः