
काठमाडौँ, २२ असार । नेपालमा कोरोना संक्रमणको दर दिनदिनै बढ्न थालेको छ । यसैबीच पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२४ परीक्षणमा ११३ जनामा संक्रमण भएको हो ।
मन्त्रालयका अनुसार १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ९० जना र १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर सक्रिय संक्रमितको संख्या ४७१ जना पुगेको छ ।















प्रतिक्रिया