
काठमाडौँ, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् ।
वुधबार संसद बैठकमा उनले राजीनामा दिएका हुन् । यसअघि उनीमाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन भएको थियो । समिति गठनपछि संसदमा बाजेटबारे बोल्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध गरेका थिए ।
शर्माले समितिलाई छानबिन गर्न सहयोग गर्न राजीनामा घोषणा गरेको बताए ।
त्यस्तै, उनीमाथि छानबिन गर्न प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाले छानविन टोलीको नाम प्रस्तुत गरेका छन् ।
संसदीय छानविन विशेष समितिमा विभिन्न दलका तर्फबाट रहेका सांसदहरुमा खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्ममणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरला कुमारी यादव, सीताराम महतो र सुरेन्द्र प्रसाद यादव रहेका छन् ।
जेठ १५ गते अघि बजेटमा करको दर हेरफेर गर्न अनाधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै चौतर्फी आलोचनासहित राजीनामा माग हुँदै आएको थियो ।
समितिलाई १० दिनको समय दिइएको छ ।















प्रतिक्रिया