१ कार्तिक २०८३, आइतबार

मलामी गएका एक युवक सेती नदीमा बेपत्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा, २२ असार । सेती नदीमा एक युवक वेपत्ता भएका छन् । डडेल्धुरा–डोटीको सिमाना नदी सेतीमा मलामी गएका युवक नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

डडेल्धुराको अमरगढी नगरपालिका–६ का अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । उनको खोजी कार्य भईरहेको छ ।

बुधबार मलामी गएका उनी संगै नदीमा नुहाउने क्रममा अर्का युवक विनोद ताम्राकार पनि नदीमा बगेका थिए । नुहाउने क्रममा बगेका विनोद सकुशल फेला परेका छन ।

उनी बगेको स्थानबाट केही तल फेला परेका हुन । डोटीको शिखर नगरपालिका–१० बानडुङ्ग्रीशैन स्थीत शिखर पोलिक्लिनिकमा उपचार भइरहेका उनको उपचार भईरहेको प्रहरी जनाएको छ ।