
काठमाडौँ, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् ।
उनले वुधबार संसदमा राजीनामा दिएका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अर्थमन्त्रीको रुपमा संसदमा बोल्न नमिल्ने भन्दै राजीनामा माग गरेको थियो ।
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रयोग गरेर करको दर हेरफेर गरेको भन्दै शर्माको चौतर्फी आलोचना भइरहेको थियो ।















प्रतिक्रिया