१ कार्तिक २०८३, आइतबार

६ जना एसएसपीको सरुवा, को कहाँ ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ असार । नेपाल प्रहरीका ६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरुको काज सरुवा भएको छ ।

गृह मन्त्रालयले काठमाडौँ प्रहरी कार्यालयमा भरत बोहरालाई सरुवा गरेको छ ।

त्यस्तै, काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयमा जनक भट्टराई, विकासराज खनाललाई लागुऔषध नियन्त्रण व्युरो सरुवा भएका छन् ।

त्यसैगरी, अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा विष्णु केसी, विपद् व्यवस्थापन महाशाखामा कुवेर कडायत र मानव बेचबिखन नियन्त्रण व्युरोमा अनुराग द्विवेदीलाई काज सरुवा गरिएको हो ।