१ कार्तिक २०८३, आइतबार

महिला युरो कप फुटबल सुरु हुँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ असार । महिला युरोपियन च्याम्पियनसिप २०२२ आज बुधबारदेखि सुरु हुँदैछ । ओल्ड ट्राफोर्डमा हुने उदघाटन खेलमा आयोजक इंग्ल्यान्ड र अष्ट्रिया भिड्ने छन् ।

खेल अघि अष्ट्रियाकी कप्तान भिक्टोरिया स्यान्डरब्रेकले आफूहरु खेलका लागि निकै उत्साहित रहेको बताएकी छिन् । उनले भनेकी छन्, ‘हामी धेरै उत्साहित छौं । हामी यहाँ उपस्थित भएर खेल्न पाउनु हाम्रा लागि निकै विशेष छ । अन्य कुरा मैदानमा थाहा हुनेछ ।’

त्यस्तै इङ्ल्यान्डकी प्रशिक्षक सरिना विङ्म्यानले पनि खेलका लागि आफूहरु तयार रहेको बताएकी छिन् । ‘खेलका हामी तयार छौं । हामीले एक वर्ष भित्रमा धेरै खेल खेलेका छौं जसले हामीलाई जित्न मद्दत गर्नेछ’, उनले भनिन् । इंग्ल्यान्डमा आयोजना हुने महिला युरोमा १६ टोली सहभागी छन् ।