
काठमाडौँ, २२ असार । नेकपा (माओवादी केन्द्र) बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएकोबारे अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न तयार भएको छ ।
माओवादी अर्थमन्त्री शर्मामाथि छानबिनका लागि संसदीय समिति बनाउन नेकपा माओवादी केन्द्र तयार देखिएको हो ।
वुधबारको संसद बैठकमा अर्थमन्त्री शर्माले सम्बोधन गरेपछि समिति बनाउन माओवादी तयार रहेको हो ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अर्थमन्त्रीको बर्खास्तीको माग गर्दै आएको छ ।
जेठ १४ गते अर्थात बजेट प्रस्तुत हुने अघिल्लो दिन अर्थमन्त्री शर्मा अनाधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको भन्दै एमालेले राजीनामा माग गरेको हो ।
त्यो दिनको सीसीटीभी फुटेज पनि मेटाइएको भन्दै अर्थमन्त्रीको आलोचना हुँदै आएको छ ।
अर्थमन्त्रीको यो हर्कतबारे मौन रहेको भन्दै प्रधानमन्त्रीकै व्यापक आलोचना भइरहेको छ ।















प्रतिक्रिया