१ कार्तिक २०८३, आइतबार

एमालेसँग छलफल गर्ने माओवादीको निर्णय

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ असार । नेकपा (माओवादी केन्द्र)ले एमालेसँग छलफल गर्ने भएको छ ।

पछिल्लो समयले सरकारले ल्याएको बजेटमाथि उठेका प्रश्नका विषयमा प्रमुख प्रतिपक्षी दल एमालेसँग माओवादीले छलफल गर्ने भएको हो ।

आज विहान बसेको माओवादी पूर्वस्थायी कमिटीका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

एमालेले अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिबाट बजेटमा करको दर हेरफेर गराइएको भन्दै शर्माको राजीनामा माग गरेको छ । सो दिनको सीसीटीभी फुटेज पनि मेटाइएको भन्दै अर्थमन्त्रीको चर्को आलोचना भइरहेको छ ।

अर्थमन्त्रीको कुकृत्यका बारेमा चौतर्फी आलोचना हुँदा पनि प्रधानमन्त्री शेरबहादुर देउवा मौन रहनुले उनको नियतमा पनि प्रश्न खडा भएको छ ।