१ कार्तिक २०८३, आइतबार

रामेछाप बस दुर्घटना : मृत्यु हुनेको संख्या १२ पुग्यो, ८ जनाको सनाखत

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असार । रामेछापको सुनापाती गाउँपालिकामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। घटनास्थलमा ९ जना र उपचारका लागि लैजाँदै गर्दा बाटैमा २ जना र एकजनाको काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको रामेछापका प्रहरी प्रमुख डिएसपी राजकुमार थिङले जानकारी दिए।

मृत्यु भएकामध्ये ८ जनाको सनाखत भएको छ। दुर्घटनामा परी सुनापाती गाउँपालिका-५ की ६० वर्षीया तमरिता तामाङ, सोही ठाउँकी २२ वर्षकी विपना तामाङ, ३६ वर्षकी सञ्जु आलेमगर र ६० वर्षका खड्ग विक‚ सुनापाती-४ की ६० वर्षकी सन्दीपा तामाङ, काभ्रे मण्डनदेउपुर-९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर, रोशी गाउँपालिका-४ का वर्ष नखुलेका कमल तामाङ र सुदीप गजमेरको घटनास्थलमै मृत्यु भएको थिङले जानकारी दिए ।