१ कार्तिक २०८३, आइतबार

रुकुम पूर्वमा ढुङ्गा खस्दा सिस्ने गाउँपालिका-३ को कार्यालयमा क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० असार । रुकुम पूर्व बिहान ठूलो ढुङ्गा खसेर लाग्दा रुकुम पूर्वको सिस्ने गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा क्षति पुगेको छ ।

कार्यालयभन्दा माथिबाट खसेको ढुङ्गा कार्यालयमा आउँदा वडा कार्यालयको बैठक हलको दुईतर्फको भित्ता भत्किएको छ ।

वडाअध्यक्ष हेराम खड्काले ढुङ्गाले गेट भत्काएर वडा कार्यालय समेत क्षति गरेको बताएका छन् । उनले माथिबाट आएको ढुङ्गाले पक्की भवन रहेको कार्यालयको बैठक कक्षको दुवै तिरको भित्ता फोडेको जानकारी दिए।

ढुङ्गाले गेट, दुई तिरको भित्ता, बैठक कक्षमा भएका कुर्सी, तारबार लगायतमा क्षति गरेको छ । दुई वर्षअघि निर्माण गरिएको एक तले वडा कार्यालयमा चार वटा कोठा रहेका छन् ।