१ कार्तिक २०८३, आइतबार

दाङकी ज्योति कसरी बनिन् अमेरिकी वायुसेनादेखि अन्तरिक्ष यात्रीसम्म ? (तस्वीरसहित)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० असार । नेपाली चेली ज्योति केसी अन्तरिक्षयात्रीले गर्ने एनालग प्रशिक्षण पूरा गरेकी छिन् ।

दाङ भालुवाङकी केसी एरोस्पेस इन्जिनियरिङको अध्ययन गर्न सन् २०१७ मा अमेरिका पुगेकी थिइन् । अध्ययनकै क्रममा अमेरिकी वायुसेनामा भर्ती भएकी २७ वर्षीया ज्योतिले भर्खरै एनालग अन्तरिक्षको प्रशिक्षण सकेकी हुन् ।

दाङको राप्ती गाउँपालिका १ भालुवाङ निवासी नरबहादुर केसीकी छोरी ज्योति केसी । ज्योतिले अहिले संयुक्त राज्य अमेरिकामा एयर फोर्समा कार्यरत हुँदै एनागल अन्तरिक्ष यात्रीको प्रशिक्षण पूरा गरेकी हुन् ।

अन्तरिक्ष यात्रुका रूपमा उनी संभवतः पहिलो नेपाली चेली बन्दैछिन् ।

उनी असार १ गते नेपाल आइपुगेकी थिइन् ।

उनले भर्खरै एनालग अन्तरिक्ष यात्री प्रशिक्षण पूरा गरेको र आधिकारिक रूपमा एनालग अन्तरिक्ष यात्रीको रूपमा प्रमाणित भएको जानकारी दिएकी छन् ।

ज्योतिले सामाजिक सञ्जालमार्फत आफ्नो अन्तरिक्ष यात्रीको प्रशिक्षणबारे लेख्दै आफू यो प्रशिक्षण लिने पहिलो नेपाली अमेरिकी भएको बताएकी छन् । उनले लेखकी छन्, ‘सिरियस मिसनको कमाण्डर र इन्जिनियर समर्थनको रूपमा, मसँग संसारभरबाट चार चालक दलका सदस्यहरू थिए (अमेरिका, मेक्सिको, पोल्याण्ड) । यो हामी सबैको लागि एक अविश्वसनीय सिक्ने अनुभव थियो । तालिम पोल्याण्डमा दुई हप्तासम्म चलेको थियो, र म (लुनारेस रिसर्च स्टेशन) मा भाग लिने पहिलो नेपाली–अमेरिकी हुँ ।’

त्यस्तै, अन्तरिक्ष यात्रीको प्रशिक्षण पूरा गर्ने उनी पहिलो नेपाली समेत बनेकी छन् । उनले भनेकी छन्, ‘नयाँ प्रविधिहरू, रोबोटिक उपकरणहरू, सवारी साधनहरू, बासस्थान, सञ्चार, ऊर्जा उत्पादन, डिजाइन, गतिशीलता, एयरो र हाइड्रो प्लान्टेशन, आदि हाम्रो भूमिकाहरूमा बारम्बार परीक्षण र अनुसन्धान गरिन्छ। अलगाव र कैद टोली गतिशीलता, मेनु थकान र अन्य व्यवहार प्रभावहरू पनि अवलोकन गरिन्छ। मलाई जीवनमा एकपटक अवसर दिइएको थियो। र म मेरा आमाबुवा, दाजुभाइ, आफन्त, साथीहरू र संयुक्त राज्य वायु सेना, तिनीहरूको ठूलो सहयोगको लागि मेरो आभार व्यक्त गर्न चाहन्छु ।’

यो खबरले उनको गृह जिल्ला मात्रै नभएर देश नै खुशी छ । उनी पढेको भालुवाङको विद्यालयले शनिबार उनलाई सम्मान गरिने बताइएको छ ।

तस्वीर सामाजिक सञ्जाल