
काठमाडौँ, २० असार । जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री हेरफेर गरेको छ ।
जसपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाएको छ ।
जसपाले कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई फिर्ता बोलाएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।
त्यस्तै, जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष तीन जना नयाँ मन्त्रीको नाम पनि सिफारिस गरेका छन् ।
यादवले भौतिक पूर्वाधार मन्त्रीमा इस्तियाक राई, वनमन्त्रीमा प्रदीप यादव र कृषिमन्त्रीमा मृगेन्द्र सिंहलाई नयाँ मन्त्रीका रुपमा सिफारिस गरेका छन् ।
उनीहरुको सपथ आजै वा भोलि हुने बताइएको छ ।
यादवले आइतबार साँझ नै मन्त्रीको सूची बालुवाटारमा बुझएको बताइएको छ ।















प्रतिक्रिया