
काठमाडौँ, २० असार । श्रीलंकामा आर्थिक संकट चरम बनेको छ ।
इन्धन अभावका कारणा यातायात ठप्प छ । त्यहाँको ऊर्जा मन्त्रालयका अनुसार एक दिनलाई मात्रै पुग्ने इन्धन बाँकी रहेको बताएको छ ।
देशमा आर्थिक संकट गहिरिएसँगै देशमा इन्धनमा सकिएको ऊर्जामन्त्रीको भनाइ छ ।
राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारीसाधनको लामो लाइन भएपनि अधिकांश पम्पिङ स्टेसन केही दिनदेखि इन्धनविहीन छन् ।
ऊर्जामन्त्री कञ्चना विजेसेखेराले मुलुकमा करिब ४ हजार टन पेट्रोलको भण्डार रहेको र त्यो एक दिनको खपतभन्दा केही कमी भएको उल्लेख गरेका छन् ।
उनले अर्को ढुवानी जुलाई २२ र २३ अर्थात १५ दिनपछि हुने आशा राखेका छन् ।
श्रीलंका आर्थिक रुपमा टाट पल्टिएपछि यसअघि नै अत्यावश्यक बाहेकका इन्धन बिक्रीमा रोक लगाएको हो ।















प्रतिक्रिया