१ कार्तिक २०८३, आइतबार

पौडी खेल्ने क्रममा बेपत्ता दुई भारतीय युवकको शव फेला

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १९ असार । रौतहटमा दुई जना भारतीय युवकको शव भेटिएको छ ।

शनिबार चन्द्रपुर–१ पौराही नुनथरस्थित बाग्मती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका उनीहरुको आइतबार शव फेला परेको हो ।

भारत सीतामढी कोट बजार बस्ने वर्ष २४ का मयंक अग्रवाल र वर्ष २१ का रितेश साह बेपता भएका थिए । उनीहरुसँगै पौडी खेल्न बाग्मतीमा पसेका ३० वर्षका सुमन साहलाई शनिबार स्थानीयले उद्दार गरेपनि दुई जना बेपत्ता थिए ।

उनीहरुको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल शनिबारदेखि नै खटिएका थिए ।

तर शव भने आइतबार दिउँसो उनीहरुको शव चन्द्रपुर र वृन्दावन नगरपालिकाको सिमाना इलाकामा बलेरीखोर जंगल नजिकै बाग्मती नदी किनारमा फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

बीआर ०१ एफ ६६१९ नम्बरको भारतीय गाडी लिएर नुनथर क्षेत्र घुम्न आएका तिनै जना नदीमा रमाइलो गर्दै पौडी खेल्न पसेका थिए ।

बेपत्ता भएका दुवै भारतीय युवकको शव घटनास्थलबाट १५ किलोमिटर दक्षिणतर्फ फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक योगराज दहालले जनाएका छन् ।