१ कार्तिक २०८३, आइतबार

नेपहपका विजेतालाई बालेनले लगाइदिएको मुकुट विवादमा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ असार । टीभी रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेतालाई दिइएको मुकुट विवादमा परेको छ ।

शनिबार शोका विजेता भाइबर साइमनलाई निर्णायक समेत रहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले मुकुट लगाइदिएका थिए ।

संस्कृति तथा सम्पदा अभियन्ताहरुले यो मुकुट बज्रयान बुद्ध धर्मअनुसार गुरुबाट बज्राचार्य अभिषेक पाएपछि लगाउने भन्दै विरोध गरेका हुन् ।

अभियन्ताहरुले यो मुकुट ¥याप ब्याटल जितेर पाउने पुरस्कार नभएको भन्दै पञ्च तथागतअनुसार बनाइएको त्यसको राख्न ध्यान दिन आग्रह गरेका छन् ।

उता सोका आयोजकले भने आफूहरुलाई मुकुट चाहिएको र आफूले आधा घण्टा अगाडि मात्रै पाएको बताए ।

रियालिटी शोको फिनाले शनिबार सम्पन्न भएको थियो ।