१ कार्तिक २०८३, आइतबार

अछामका विनोद शाहीको हत्या आरोपमा मेयर चलाउनेसहित ७ जना पक्राउ

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ असार । अछामका १५ वर्षीय किशोर विनोद शाहीको हत्या आरोपमा प्रहरीले पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहित ७ जनालाई पक्राउ गरेको छ ।

पञ्चदेवल विनायक वडा नं. ४ मा शाहीको हत्यामा संलग्न आरोपमा मेयर चलाउनेसहित पक्राउ परेका हुन् ।

गत जेठ १७ गते दुई पक्षबीच भएको विवाददेखि बेपत्ता शाही २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका थिए । शाहीको हत्या भएको भन्दै आफन्तले मेयर चलाउनेसहित १३ जनाविरुद्ध प्रहरी समक्ष किटानी जाहेरी दिएका थिए ।

प्रहरीले यसअघि पाँच जनलाई पक्राउ गरिसकेको थियो भने अन्य दुई जनालाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रहरीले अनुसन्धन अन्तिम चरणमा पुगेको र केही दिनमै अदालतमा रिपोर्ट बुझाइने जनाएको छ ।