१ कार्तिक २०८३, आइतबार

नेप्सेमा ५७ अंकको उछाल, कारोबार साढे २ अर्ब

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ असार । पछिल्लो निरन्तर घटेको शेयर बजारमा साताको पहिलो दिन आइतबार उछाल आएको छ ।

आजको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५७.६५ अंकले बढ्दै २०८६.४२ बिन्दुमा उक्लेको छ ।

त्यस्तै, आइतबार करिब सबै समूहहरुले कमाएका छन् । कारोबार रकम पनि वृद्धि भएको छ ।

विभिन्न कम्पनीका ६२ लाख २७ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४८ करोड बराबरको कारोबार भएको छ ।