१ कार्तिक २०८३, आइतबार

आइएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी स्पेशियल्टी क्लिनिकबीच छुट सम्झौता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ असार । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेशियल्टी क्लिनिक प्रा.लि.बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेशियल्टी क्लिनिकका प्रबन्ध निर्देशक शिव राज केसीले हस्ताक्षर गरे ।

सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहक महानुभावहरुलाई ग्यालेक्सी स्पेशियल्टी क्लिनिक महाराजगंज, काठमाडौँमा प्राप्त हुने सेवाहरु जस्तैः एक्सरे, युएसजी, ईसीजी, इको लगायतका सेवाहरुमा १०% सम्म र ओपीडीसेवामा २५% सम्मको आकर्षक छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहक महानुभावहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले ग्यालेक्सी स्पेशियल्टी क्लिनिकसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहक महानुभावहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्नसक्ने जानकारी गराए ।