१ कार्तिक २०८३, आइतबार

नेपाल प्रहरीमा ठूलो संख्यामा असई र जवानको भर्ना खुल्यो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ असार । नेपाल प्रहरीमा ठूलो संख्या प्रहरी सहायक निरीक्षक (असई) तथा जवानका लागि भर्ना खुलेको छ ।

प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) लागि भर्ना खुलाएको हो ।

आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यस अघि असोज २२ गते ३ सय ६७ माग गरिएका संख्यामा थप गरी ७६ जना थप गरी जम्मा ४ सय ४३ जना प्रहरी सहायक निरिक्षका लागि भर्ना खुलाएको हो ।

त्यस्तै, २ हजार ४७४ जना प्रहरी जवानको समेत भर्ना खुलाएको छ ।

यसैगरी, गत २०७८ मंङ्सिर १० गते विज्ञापन प्रकाशन गरी १ हजार ९ सय ७१ जना प्रहरी जवान माग गरेको भए पनि आइतवार भने नेपाल प्रहरीले त्यसमा ५ सय ३ जना थप गरी २ हजार ४ सय ७४ जना प्रहरी जवान भर्नाका लागि माग गरेको हो ।