२९ आश्विन २०८३, बिहिबार

सेनाले खरिद गरेको भिटामिन डी थ्री स्वास्थ्यका लागि घातक रहेको खुलासा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ असार । नेपाली सेनाले खरिद गरेको भिटामिन डी थ्री इप्स बायोडीु नामक झोल औषधि स्वास्थ्यका लागि घातक रहेको भेटिएको छ ।

आफ्ना हिताधिकारीका बालबालिकाका लागि प्रयोग गर्न सेनाले खरिद गरेको भिटामिन नवजात शिशुमा प्रयोग गर्न अन्तर्राष्ट्रिय मापदण्डभन्दा ५२ गुणा बढी भेटिएको हो ।

औषधि भारतीय औषधि कम्पनी जी ल्याबोटरिजबाट उत्पादित हो ।

सेनाले आफ्ना मातहतका अस्पतालबाट हिताधिकारीका लागि औषधि वितरण गर्ने गरेको छ। सन् २०२१ अगस्टमा उत्पादन भएको ब्याच नम्बर ६२१५४७ को सो औषधिमा भिटामिन डी थ्री कोलिक्याल्सिपरोलको मात्रा ८०० आईयू (इन्टरनेसनल युनिट) प्रति एमएल तोकिएको छ ।

तर, परीक्षणका क्रममा सो मात्रा ५३ गुणा बढी अर्थात ४२ हजार ७१८ आईयू प्रतियुनिट भेटिएको राजधानी दैनिकमा प्रकाशित छ ।