
ललितपुर, १८ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ४९ अर्बका खाद्यन्न कसरी आयात भनि प्रश्न गरेका छन् ।
उनले आफूले सरकार छोडेपछि एक वर्षमै कसरी त्यति रकमको खाद्यन्न आयात भयो भन्ने जिज्ञासा राखेका हुन् ।
शनिबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमाले बागमति प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो प्रश्न राखेका हुन् ।
‘नेपाल जस्तो ठाउँमा किन हामीले सरकार छोडेपछिको मात्रै हिसाब गर्दा ४९ अरबको चामल आयात कसरी भयो रु कृषि प्रधान देश ६० प्रतिशत भन्दा बढी जनता कृषिमा संलग्न छन्,’ अध्यक्ष ओलीले भने ‘यस्तो अवस्थामा कृषि प्रधान देशमा यस्तो उर्बर देशमा जहाँ यति हिमाल, नदी, नाला, उर्बर फाँटहरू छन् । जहाँको जनसंख्या तीन करोड भन्दा कम छ । त्यस्तो देशमा किन हामी खाद्यान्नमा पनि आत्मनिर्भर हुन नसकेर ४९ अर्बको आयात गर्छौं एक वर्षमा ।’
‘यो अत्यन्तै अशोभनीय स्थिति हो । यसकारण की उपयुक्त नीतिका साथ हामी कृषिको आधुनिकरण गरेर, कृषिको व्यवसायीकरण गरेर र कृषि क्षेत्रमा आजको समय अनुसार चाल्न पर्ने नीति साथ अगाडी बढ्न सकेनौं,’ उनले भने ।















प्रतिक्रिया