
काठमाडौँ, १८ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गत स्थानीय तहको निर्वाचनमा सत्ता र पैसाको चरम दुरुयोग भएको बताएका छन् ।
शनिबार ‘समृद्धिका लागि बुद्धिजीवी’ भन्ने मूल नाराका साथ नेपाल बुद्धिजीवी परिषदले आयोजना गरेको केन्द्रीय कार्यसमितिको दास्रो पुर्ण बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्दै महासचिव पोखरेलले निर्वाचनमा सत्ता र पैसा दुरुपयोग हुँदा जनमतलाई असर गरेको बताएका हुन् ।
‘त्यसले केही न केही नेकपा (एमाले)को जनमतलाई प्रभावित पारेको छ,’ उनले भने, ‘स्थानीय तहको निर्वाचनपछि पनि सत्ता गठबन्धनलाई नै निरन्तरता दिने उदेश्यले स्थानीय तह निर्वाचनमा सत्ताको गठबन्धन भयो र सत्ता र पैसाको दुपयोग भयो ।’
उनले स्थानीय तहका निर्वाचन जस्तो आम निर्वाचनमा कम हुने भन्दै एमालेको जनमतमा प्रभाव कम हुने बताए । ‘किन भने सत्ता नै निर्वाचनमा हुन्छ र निर्वाचनपछि के हुने भन्ने भएकाले स्थानीय चुनावमा जसरी प्रहरी प्रशासन राष्ट्रिय चुनावमा सत्ताले प्रयोग गर्न सक्दैन,’ उनले भने, ‘आम चुनावमा प्रशासनलाई तटस्थ राख्ने आधार बलियो हुन्छ । यो आधारमा पनि हामीले हाम्रो शक्तिलाई बलियो बनाउन सक्छौँ ।’
उनले पार्टीलाई राष्ट्रको नेतृत्व गर्ने स्थानमा लैजान नेपाल बुद्धिजीवी परिषद्को महत्वपूर्ण भूमिका रहने पनि बताउँदै उत्पादक शक्तिको तिव्र विकासबाट मात्रै ‘सुखी नेपाली र समृद्ध नेपाल’ निर्माण गर्न सकिने बताए ।















प्रतिक्रिया