१ कार्तिक २०८३, आइतबार

महिला र बालिकामाथि विमलाले कुटपिट गर्नु पदीय मर्यादा विपरीत भएको छानबिन समितिको ठहर

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ असार । लुम्बिनी प्रदेश सरकारकी पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीमाथि छानबिन गर्न बनेको समितिले वलीबाट पदीय मर्यादा विपरीत काम भएको निष्कर्ष निकालेको छ ।

सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा नेतृत्वको समितिले शनिबार मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रतिवेदन बुझाउंदै वलीबाट पदीय कमजोरी भएको ठहर गरेको हो ।

मुख्यमन्त्री केसीले बदनाम गर्न घटना घटाइएको आरोप लगाउँदै त्यसको पनि छानबिन हुने बताए ।

विवादमा आएपछि राज्यमन्त्री वलीले असार १२ गते राजीनामा दिएकी र १५ गते राजीनामा स्वीकृत भएको थियो ।

जेठ ३१ गते दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीमाथि कुटपिट गरेकी थिइन् ।

उनलाई दाङबाट बुटवल झिकाउन मुख्यमन्त्री केसीले प्रहरीले चर्को दवाव दिएका थिए ।