१ कार्तिक २०८३, आइतबार

धम्की दिई फिरौती रकम माग गर्ने दुई जना पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

मोरङ, १८ असार । विराटनगर महानगरपालिका–३ बस्ने एक व्यक्तिलाई डरधम्की दिई फिरौती रकम माग गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–४ कञ्चनबारी बस्ने पथरीशनिश्चरे
नगरपालिका–६ घर भएका ३९ वर्षीय गणेश कुमार कार्की र पथरीशनिश्चरे नगरपालिका–६ बस्ने २६ वर्षीय विशाल ऋषिदेव रहेका छन् ।

कार्कीले गत जेठ ३१ गते चिठ्ठी र फोन मार्फत पटक–पटक डरधम्की दिई फिरौती माग गर्ने गरेको र पीडितले शुक्रबार आएमईमार्फत पठाएको २५ हजार रुपैयाँसहित विशाललाई थरीशनिश्चरे नगरपालिका–६ हसन्दहस्थित आएमइबाट प्रहरीले पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।