
काठमाडौँ, १८ असार । मोरङमा आगो लगाएर श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।
रंगेली नगरपालिका वडा नं १ बिर्ताबजारमा स्थानीय ३१ वर्षकी बबिता मल्लिकको मट्टितेल छर्की आगो लगाई हत्या भएको हो ।
शुक्रबार राति करिब १० बजे भएको घटनामा संलग्न श्रीमान तिलक मिल्लकलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरायसी विवादमा तिलकले श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाएका हुन् ।
घरायसी विवादले श्रीमतीको हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आगालागीबाट उनीहरुको घर पनि जलेको प्रहरीको भनाइ छ ।
आगले जलेकी बबितलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो ।
उनको उपचारका क्रममा शनिबार बिहानै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको विवाह भएको ५ वर्ष भइसकेको थियो ।















प्रतिक्रिया