१ कार्तिक २०८३, आइतबार

फुट्यो माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, कार्कीले बनाए नयाँ समिति

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ असार । नेकपा माओवादी केन्द्र सम्वद्ध अखिल क्रान्तिकारी अन्ततः विभाजित भएको छ ।

उपाध्यक्ष पवन कार्कीले नेतृत्वमा छुट्टै समानान्तर समिति घोषणा गरेसँगै संगठन विभाजन भएको हो ।

अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै कार्कीले नयाँ समिति बनाएका हुन् ।

‘अध्यक्षज्यूको समुहले बिधान बिपरित पदाधिकारी तथा केन्द्रिय समितिको संख्या थपेपछि हामीले आपत्ति जनाउँदै आएका थियौं तर उहाँले कुनै अनुरोध मान्नु भएन्,’ असन्तुष्ट समुहका उपदेश यादवले भने, ‘संगठनलाई बिद्यान बमोजिम अघि बढाउनका लागि हामीले १ सय ९९ सदस्यीय आयोजक समिति निमार्ण गरेका हौं ।’

बानेश्वरस्थित नेपाल कमर्श क्याम्पसवाट घोषणा हुने नयाँ कमिटीमा असन्तुष्ट पक्षका देशैभरीका विद्यार्थी नेताहरुको समर्थन रहेको यादवको भनाइ छ ।