बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नौतले दरबार मंसिरमा खोल्ने तयारी

दैनिक नेपाल २०७९ असार १७ गते ७:३७

काठमाडौं, १७ असार । चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको वसन्तपुरस्थित नौतले दरबार आगामी मङ्सिरमा सर्वसाधारणका लागि खोल्ने तयारी भइरहेको छ ।

हनुमानढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दिप खनालले बिहीबार नेपाल समाचारपत्रसँगको कुराकानीमा आगामी मङ्सिरसम्ममा पुनर्निर्माणका सबै काम सम्पन्न भई सर्वसाधारणको लागि खुला हुनेछ ।

नौं तले दरबारको अधिकांश काम सकिएसँगै स्काफोल्डिङ निकालिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको प्रमुख आकर्षक नौतले दरबार वरपर घुम्न सक्नेगरी सबै संरचना हटाइसकिएको आजको नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित