मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

न्यूयोर्कमा नेपाली मूलकी सराहना श्रेष्ठ विधानसभामा विजयी

विजय थापा २०७९ असार १६ गते ८:५०

न्यूयोर्क, १६ असार । न्यूयोर्क राज्यमा नेपाली मूलकी सराहना श्रेष्ठ राज्य विधानसभा प्राथमिक निर्वाचनमा विजयी भएकी छिन् ।

डेमोक्रयाटको तर्फबाट विजयी भएकी उनले अब आगामी नोभेम्बर महिनामा हुने निर्वाचनमा रिपब्लिकनका प्रतिद्वन्दीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । उनले १०३औँ विधानसभा डेमोक्र्याटिक प्राथमिक निर्वाचनमा १३ कार्यकालका केभिन काहिललाई पराजित गरेकी हुन् ।

श्रेष्ठको जितसँगै सन् १९९९ पछि पहिलो पटक १३ कार्यकालको विजेता रहेका काहिल आगामी नोभेम्बरमा हुने विधानसभा चुनावमा प्रतिस्पर्धा गर्न पाउने छैनन् । उनको बाटो समाप्त भएको छ ।

अनौपचारिक नतिजा अनुसार श्रेष्ठले ५१ प्रतिशत मत ल्याएकी छन् भने वर्तमान सभासद् केभिन काहिलले ४७.५ प्रतिशत मत प्राप्त गरेका छन् । अनुपस्थित मतपत्रहरू अझै गणना गर्न बाँकी छ । श्रेष्ठ जो पहिलो पुस्ताकी नेपाली–अमेरिकी हुन् ।

न्यूयोर्ककी युवा अमेरिकी सांसद अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजले श्रेष्ठलाई समर्थन गरेकी थिइन् । श्रेष्ठले गत मंगलबार राती ट्विट गर्दै अभियान जोडिने सबैलाई धन्यवाद दिएकी छिन् ।

काहिलले चुनावको नतिजालाई स्वीकार गरेका छन् । उनले ‘प्राथमिक निर्वाचनको नतिजा स्पष्ट छ र मेरो प्रतिद्वन्द्वी सराहना श्रेष्ठ विजयी भइन्,’ काहिलले भने । काहिलले आफूलाई मलाई गत ३६ वर्षको ३२ वटा सार्वजनिक कार्यालयमा हाम्रा समुदायहरूको सेवा गर्न अनुमति दिएको धन्यवाद लेखेका छन् ।

‘सराहनाको जीत धेरैका लागि न्यूयोर्क निर्माण गर्ने दिशामा ठूलो पाइला हो,’ श्रेष्ठलाई समर्थन गर्ने समूहले विज्ञप्ति जारी गर्दै भनेको छ । जितसँगै मेरिल्याण्डका बिधान सभा सदस्य डा. ह्यारी भण्डारीले बधाई दिई सकेका छन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा जुन २८, २०२२, अमेरिकाको नेपाली समुदायका लागि स्वर्णिम अक्षरले लेखिने दिन भएको बताएका छन् । २०१९ मा मात्र अमेरिकी नागरिकता लिएकी श्रेष्ठको यो सफलता एक मानक उपलब्धी भएको टिप्पणी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित