शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

किड्नी केयरलाई महिला लघुवित्तद्वारा ५ लाख प्रदान

दैनिक नेपाल २०७९ असार १२ गते १९:४४

काठमाडौँ, १२ असार । महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले किड्नी केयरलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

आइतबार आयोजित एक कार्यक्रममा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले किड्नी केयरका संस्थापक डा. किरण जंग कुँवरलाई चेक हस्तान्तरण गरेका हुन् ।

‘मृगौला जचाऔँ, मृगौला बचाऔँ’ भन्ने नाराका साथ स्थापना भएको किड्नी केयरलाई सरकारी स्वास्थ्य भन्दा पनि सर्वसुलभ मूल्यमा मृगौला जाँच र विज्ञ चिकित्सकबाट निःशुल्क जाँच गर्ने अभियानबाट प्रभावित भएर सहयोग गरिएको प्रमुख न्यौपानले जनाएका छन् ।

एक सय रुपैयाँमा किड्नी जाँच गर्ने किड्नी केयरको अभियानलाई विस्तार गर्नुपर्ने आवश्यकता रहेको न्यौपानेले जोड दिए ।

केयरका संस्थापक डा. कुँवरले आर्थिक सहयोग गरेकोमा महिला लघुवित्तलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित