६ कार्तिक २०८३, शुक्रबार

क्रिकेटर रोहित शर्मालाई कोरोना संक्रमण पुष्टि, अभ्यास खेलबाट वञ्चित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । भारतीय क्रिकेट टीमका कप्तान रोहित शर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उनको शनिबार र्‍यापिड एन्टिजेन टेस्ट गरिएको थियो, जसमा उनी पोजेटिभ देखिएका हुन् । रोहित शर्मा अहिले बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)को मेडिकल टीमको निगरानीमा रहेको बताइएको छ ।

बीसीसीआईले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘टीम इन्डियाका कप्तान रोहित शर्मा शनिबार गरिएको र्यापिड एन्टिजेन टेस्ट (आरएटी) मा कोभिड–१९ पोजिटिभ देखिएको छ । उनी अहिले टोलीको होटेलमा आइसोलेसनमा छन् र उनको उपचार भइरहेको छ ।’