
काठमाडौं, ८ असार । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले नयाँ पार्टी खोलेर राजनीतिमा प्रवेश गरेका पूर्व सञ्चारकर्मी रवि लामिछानेलाई गल्तीहरू दोहोर्याउने छूट नभएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले आफूहरूले गरेको गल्ति दोहोर्याउने छूट नभएको बताएका हुन् । उनले ती गल्तीहरूबाट पाएको पाठको मूल्य धेरै युवाहरुको जवानीको १० वर्ष रहेको समेत बताएका छन् ।
पाण्डेले ‘मैले मात्र देश बनाउन सक्छु भन्ने अहंम् त्यागेँ’ भन्ने उज्वल थापाको भनाईका कारण देश आफुले मात्र बनाउने भन्ने कुरा सबैले त्याग्न जरुरी रहेको बताए ।
उनले रविलाई ‘म’ ले राजनीतिमा केहि गर्न नसक्ने र ‘हामी’ ले मात्र परिणाम दिन सक्ने कुरा स्मरण गराएका छन् । साथै, उनले रविलाई राजनीति लामो दौड भएको बताउँदै राजनीतिमा टिक्नु नै ठूलो कुरा भएको समेत बताएका छन् ।















प्रतिक्रिया