५ कार्तिक २०८३, बिहिबार

१९ वर्षीय युवती होस्टेलमा मृत भेटिइन्

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

रोल्पा, ८ असार । रोल्पाको एक होस्टेलमा १९ वर्षीय युवती मृत भेटिएकी छिन् ।

रून्टीगढी गाउँपालिका–५ छिन्नेटाकी कृष्णी कामी मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । कृष्णी केही समयदेखि घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालन गरेको ब्युटी पार्लर तालीम लिइरहेकी थिइन् ।

तालीम लिने कार्यालयको होस्टेल कोठामा उनी मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । युवतीलाई सर्पले डसेको हुनसक्ने प्रहरीको अनुमान छ ।