५ कार्तिक २०८३, बिहिबार

आरसी गोंगबु सातौं वर्षमा, शैक्षिक केन्द्रलाई सहयोग गर्ने प्रतिवद्धता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । रोटरी क्लव अफ गोंगबुले क्लवको सातौं वार्षिक उत्सव मनाएको छ ।

सातौं वार्षिक उत्सवको अवसरमा क्लबले सोमबार दृष्टिविहीन बालबालिकालाई खाद्यान्न वितरण गरेको छ । ताारकेश्वर–५ बसाहा चौरमा रहेका दृष्टिविहीन बालबालिका शैक्षिक केन्द्रका १९ जना बालबालिकालाई सहयोग पुग्नेगरी खाद्यान्न वितरण गरिएको क्लवका अध्यक्ष महेश्वरमान सिंह बस्नेतले जानकारी दिए ।

अध्यक्ष बस्नेतले आगामी दिनमा पनि क्लवले शैक्षिक केन्द्रलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।