शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

काठमाडौँमा हैजा संक्रमण भेटिएको पुष्टि

दैनिक नेपाल २०७९ असार ५ गते १९:१६

काठमाडौँ, ५ असार । काठमाडौँमा हैजाको विरामी भेटिएको पुष्टि भएको छ ।

जेठ २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भर्ना भएका दुई जना विरामीमा हैजा रोग पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौं महानगरपालिका–२८ बागजारमा बसोबास गर्दै आएका १८ र २३ वर्ष व्यक्तिहरुमा हैजा पुष्टि भएको हो ।

उनीहरु एउटै परिवारका सदस्य हुन् ।

हाल उनीहरुको टेकुमै उपचार भइरहेको छ ।

मन्त्रालयले गर्मीयाममा सजग हुन आग्रह पनि गरेको छ ।

यस्तो छ मन्त्रालयको विज्ञप्तिः

प्रतिक्रिया
सम्बन्धित