२९ आश्विन २०८३, बिहिबार

काठमाडौँमा हैजा संक्रमण भेटिएको पुष्टि

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असार । काठमाडौँमा हैजाको विरामी भेटिएको पुष्टि भएको छ ।

जेठ २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भर्ना भएका दुई जना विरामीमा हैजा रोग पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौं महानगरपालिका–२८ बागजारमा बसोबास गर्दै आएका १८ र २३ वर्ष व्यक्तिहरुमा हैजा पुष्टि भएको हो ।

उनीहरु एउटै परिवारका सदस्य हुन् ।

हाल उनीहरुको टेकुमै उपचार भइरहेको छ ।

मन्त्रालयले गर्मीयाममा सजग हुन आग्रह पनि गरेको छ ।

यस्तो छ मन्त्रालयको विज्ञप्तिः