३ कार्तिक २०८३, मंगलबार

सभापति खरेलको आशंकाः एसपीपी पनि व्याख्यात्मक घोषणाले सम्झौता हुने त होइन ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असार । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले एसपीपी पनि एमीसीजस्तै व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन भनेर आशंका व्यक्त गरेकी छन् ।

आइतबार बसेको समितिको बैठकमा सभापति खरेलले यस्तो बताएकी छन् । खरेलले भनिन्, ‘एमसीसी व्याख्यात्मक घोषणासहित पारित भयो । एसपीपी पनि ब्याख्यात्मक घोषणा सहित सम्झौता हुने त होइन ? यस्तो आशंका जनताले पनि गरिरहेका छन् ।’

आइतबारको बैठकमा एसपीपी, प्रधानमन्त्रीको अमेरिका भ्रमण लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बोलाइएको थियो । तर उनी उपस्थित भएनन् ।

एमालेका सांसदहरुले प्रधानमन्त्रीले संसदीय समितिलाई अपमान गरेको भन्दै खेद प्रस्ताव पारित गर्नुपर्ने मागसमेत राखेका थिए । तर बैठकले खेद प्रस्ताव पारित गरेन ।

सभापति खरेलले प्रधामन्त्रीलाई फेरि बैठकमा बोलउनुपर्ने बताएकी छन् । ‘नेपालमा अमेरिकी सेनाको बुट बजार्ने कुरा आइरहेका छन् । यसले गर्दा सबैको मन रोएको छ,’ सभापति खरेलले भनिन्, ‘प्रधानमन्त्रीलाई फेरि आमन्त्रण गरौं ।’