
काठमाडौँ, ५ असार । तुलसीपुर उपमहानगरपालिका ५ न्युरोड घर भएकी २५ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ मैनाबगर बस्ने २४ वर्षीय शंकर बिक, सोही उपमहानगरपालिकाको बेलुवा बस्ने ३० वर्षीय कमल चौधरी हुन् । उनीहरुलाई हिजो दिउँसो पक्राउ गरिएको इलाका प्रहरी कार्यलय तुलसीपुरले जनाएको छ ।
घटनामा संलग्न अर्जुन परियार भने फरार छन् । युवाको समूहले तुलसीपुर उपमहानगरपालिका–९ दोघरेस्थित नयाँ बन्दै गरेको एउटा घरमा युवतीलाई सामूहिक बलात्कार गरेका हुन् ।















प्रतिक्रिया