२९ आश्विन २०८३, बिहिबार

पुराना नामावलीमा भएको त्रुटि सच्याउन सकिने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । निर्वाचन आयोगले नयाँ मतदाता नामावली दर्ता गराउने तथा पुराना नामावलीमा भएको त्रुटि पनि सच्याउन सकिने जनाएको छ ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि १८ वर्ष पुगेका नेपाली नागरिकको मतदाता नामावली संकलन कार्य शुरू गरेको थियो ।

अहिले मतदाता नामावलीमा भएका विवरण पनि सच्याउनुपर्ने व्यवस्था गर्न धेरै ठाउँबाट माग आएकाले सोहीअनुरूप मतदाता नामावलीको विवरण अद्यावधिक गर्न सकिने प्रबन्ध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

त्यसका लागि देशभरका ७० वटा जिल्ला निर्वाचन कार्यालयमा निर्देशन दिइसकेको छ । बाँकीको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र क्षेत्रीय प्रशासन कार्यालयमार्फत् अद्यावधिक गर्न सकिने आयोगले जनाएको छ ।

मतदाता नामावलीमा रहेको नाम, ठेगाना, जन्ममितिलगायत विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा निर्वाचन अधिकारीले आवश्यक निर्णय गरी त्रुटि सच्याउने पनि आयोगले जनाएको छ ।नै मतदाताले विवाह वा बसाइँसराइका कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सकिने व्यवस्था गरेको छ, आजको नेपाल समाचारपत्र दैनिकमा समाचार प्रकाशित छ ।