२९ आश्विन २०८३, बिहिबार

देउवाको गृहजिल्लामा मेडिकल कलेज, दाहालकोमा शिक्षक अस्पताल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । प्रधानमन्त्री शेरबहादर देउवाको गृहजिल्ला डडेल्धुरामा मेडिकल कलेज स्थापनाको लागि सम्भाव्यता अध्ययन र गुरुयोजना निर्माण गर्न १ करोड रुपियाँ विनियोजन गरिएको छ ।

प्रम देउवा र उहाँकी पत्नी एवं सांसद आरजु राणाले स्थानीय तह निर्वाचन प्रचारका क्रममा डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने घोषणा गर्नुभएको थियो । सोही आधारमा विश्वविद्यालय अनुदान आयोगले बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयलाई अनुरोध गरेको थियो ।

प्रधानमन्त्रीको गृहजिल्लामा मेडिकल कलेज निर्माण, सम्भाव्यता अध्ययन र गुरुयोजना तयार गर्न अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो । त्यस्तै, प्रम देउवाकै निर्देशनमा धनगढीको गेटा मेडिकल कलेज सञ्चालन गर्न ४४ करोड रुपियाँ बजेट छुट्टयाएको छ ।

त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो निर्वाचन क्षेत्रमा शिक्षक अस्पताल निर्माणका लागि आगामी आवमा सम्भाव्यता अध्ययन र गुरुयोजना निर्माण गर्न ४९ लाख रुपियाँ बजेट राखिएको छ ।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयद्वारा गठन गरिएको समितिले मन्त्री देवेन्द्र पौडेललाई चितवनमा अस्पताल निर्माण गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा मन्त्रालयले बजेट विनियोजन गरेको हो ।

त्यस्तै, पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलको पहलमा रेल्वे इन्जिनियरिङ अध्ययनका लागि पूर्वाधार विकास गर्न १ करोड रुपियाँ विनियोजन गरिएको छ, आजको नेपाल समाचारपत्र दैनिकमा समाचार प्रकाशित छ ।