३ कार्तिक २०८३, मंगलबार

दुबईका राजकुमारले दुर्गा प्रसाईंलाई दिए सुनको लौरो उपहार

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ४ असार । संयुक्त अरब इमिरेट्स (यूएई)का अधिराजकुमार जुमा अल मोक्तुमले नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाइृ सुनको लौरो उपहार दिएका छन् ।

तीन दिने नेपाल भ्रमणमा राजकुमार श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत चन्द्रगढी विमानस्थल अवतरण गरेका थिए ।

राजकुमारलाई दुर्गा प्रसाईंले स्वागत गरेका थिए ।

प्रसाईंलाई राजकुमारले विमानस्थलमै सुनको लौरो हस्तान्तरण गरेका गरेका हुन् । राजकुमार दुई दिन झापामा रहने छन् ।

झापा बसाइका क्रममा अधिराजकुमार मोक्तुमले बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको अवलोकनसँगै पेट सिटी स्क्यान मेसिनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

राजकुमार मोक्तुमले बिर्तामोडमा रहेको बिएण्डसी तथा पुर्वाञ्चल क्यानसर अस्पतालको अवलोकनका साथै पेट सम्बन्धीको सिटी स्क्यान मेसीनको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।