३ कार्तिक २०८३, मंगलबार

सुशील कोइरालाकै पालामा एसपीपीका लागि सहमति दिइएको हो : प्रदीप ज्ञवाली

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ असार । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागिताका लागि सुशील कोइराला प्रधानमन्त्री हुँदा नै रक्षा मन्त्रालयले स्वीकृति दिएको नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले जिकिर गरेका छन्।

मदन भण्डारी फाउन्डेशनले शनिबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान कूटनीतिक अभ्यास र यसको प्रभाव’ विषयक अन्तरक्रियामा बोल्दै पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले एसपीपीका विषयमा आफ्नो धारणा राखेका हुन्।

“सुशील कोइराला प्रधानमन्त्री हुँदा नै रक्षा मन्त्रालयले नेपाली सेनालाई एसपीपीका सहभागिताका लागि स्वीकृति दिएको थियो,” ज्ञवालीले भने।