३ कार्तिक २०८३, मंगलबार

नासुको कसरी भयो ४ वर्षको कमाइ ६ करोड २४ लाख ?

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ असार । एक पूर्व नायब सुब्बाले आफूले जागिर सुरु गरेको चार वर्षमै गैरकानुनी रुपमा ६ करोड २४ लाख रूपैयाँ आर्जन गरेका छन् ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीले जागिरे जीवनको झण्डै पाँच वर्षको अवधिमा ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ जम्मा गरेको पाइएको हो ।

भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार २०७३ असोज २१ गते राजपत्र अनंकित प्रथम श्रेणी अन्तर्गत वरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए । उनले २०७७ साउनमा स्वेच्छिक अवकाश लिएका थिए ।

गुल्मीको मालिका गाउँपालिकाका स्थायी बासिन्दा भण्डारी विध ल्याब सञ्चालन गर्ने विध म्यानेजमेन्ट प्रालिका सञ्चालक पनि हुन् । उनको कम्पनी सूचना प्रविधि, इलेक्ट्रोनिक्स र मल, कागज जस्ता ठूला ठेक्कामा पनि संलग्न हुन थालेको थियो ।

उनको खर्च र लगानी (जग्गा खरिद, बैंक तथा हाइड्रोपावर कम्पनीको शेयर खरिद तथा बैंकमा जम्मा रकम) ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

विशेष, अदालतमा दायर गरिएको मुद्दामा अख्तियारले ६ करोड २४ लाख ६५ हजार रुपैयाँ बिगो दावी गरेको छ। उनीसँग रहेको ६ करोड ६ लाख ४१ हजार ८१३ रुपैयाँ र अपुग १७ लाख ६२ हजार उनको एकल स्वामित्वमा रहेको कम्पनीहरुबाट जफत गर्न अख्तियारको आरोपपत्रमा माग गरिएको छ ।

अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवाना पनि माग गरेको छ ।