मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

गठबन्धनले देश र समाज परिवर्तन हुँदैन

विवि श्रेष्ठ २०७९ असार ३ गते १९:३३

-विवि श्रेष्ठ

पछिल्लो समय गठबन्धन शब्दको प्रयोग ह्वात्तै बढेको छ । एकभन्दा बढी राजनैतिक दलको सहकार्यलाई नै गठबन्धन भनिएको हुनुपर्दछ ।

सहकार्य र सहमति आफैँमा सकारात्मक शब्द भएता पनि गठबन्धनको उद्देश्य भने फरक फरक पाईन्छ । गठजोड र गठबन्धनको परिभाषा अहिले आएर अनुकुलतामा प्रयोग हुन थालेपछि यसको औचित्य माथि नै प्रश्न चिन्ह खडा भएको छ ।

फरक विचारधारा बोकेको राजनैतिक शक्ति वा विचारका बीचमा जब गठजोड अर्थात गठबन्धन हुन्छ, तव गठवन्धनको औचित्य माथि प्रश्न चिन्ह खडा हुन्छ ।

यही सन्दर्भमा फरक विचार बोकेका समूह अथवा राजनैतिक दल जब गठबन्धनका नाममा एकताका नाटक मंचन हुन्छन्, त्यहाँ केवल स्वार्थ, शक्ति र सत्ता केन्द्रित मात्र हुन्छ, अनुकुलता मात्र हावी हुन्छ ।

नेपालको सन्र्दभमा नियाल्ने हो भने गठवन्धनको नारा पनियहि स्वार्थ केन्द्रित रणनीति आकर्षित भएको पाईन्छ । जतावाट पनि अनुकुल र जित्नका लागि गरिने गठबन्धनले समाज र जनतालाई न्याय दिन सक्दैन, त्यो पटक पटक पुष्टि भएको छ र हुने पनि यही नै हो ।

यति सत्यता भइरहँदा पनि गठबन्धनका नाममा गरिने तिकडमका लागि प्रेरित भइरहने भनेको सिमित नेतालाई शक्ति र सत्तामा पुर्याउने भर्याङ्ग शिवाय केही होइन ।

विचारमा एक रुपता, विचारमा प्रष्टता र समाज र जनतालाई दिर्घकालीन सकारात्मक पक्षको उठानका लागी गठवन्धन आफैमा सुन्दर पक्ष हो । तर नेपालको राजनैतिक दलहरुको गठबन्धनको नारा यो सँग कदापी मेल खादैन ।

नितान्त फरक विचार, दृष्टिकोण, विचार, कार्य दिशा र संघर्षको चरणमा पुर्ण रुपमा मेल नखाने शक्तिहरु पनि गठबन्धनका नाममा गरिने हत्कण्डा भनेको जनतालाई मुर्ख वनाउने दुश्चक्र शिवाय केही होइन ।

गठबन्धनका नाममा चुनावी प्राविधिक जित हासिल गर्ने र शासन सत्तामा रहिरहने चक्र नै अहिले गठवन्धनको मुख्य उद्देश्य हो । जवविचारमा समानता हुँदैन, रणनीति हुन्छ, समाज र देशलाई हेर्ने दृष्टिकोणमा असमानताको खाडल हुन्छ, त्यस्तो राजनैतिक दलको कार्यनीतिक गठवन्धनले देश र जनतलाई धोका शिवाय केही दिँदैन ।

नेपालको सन्र्दभमा भएको गठबन्धन यही हो । यसले सिमित नेता र कार्यकर्तालाई लाभबाहेक जनहितमा केही गर्न सक्दैन । किनकी विचारको कार्यान्वयन समानतामा हुन्छ, जब फरक हुन्छ, विचार र दर्शनको कार्यनीतिमा विरोधाभास उत्पन्न हुन्छ, त्यसपछि त्यसले पुर्णता पाउन सक्दैन ।

अहिलेको राजनैतिक दलहरुलाई नियाल्ने हो भने गठबन्धनमा आवद्ध राजनैतिक शक्तिहरुको समाज र परिवर्र्तनलाई हेर्न दृष्टिकोणमा व्यापक असमानता पाउन सकिन्छ । नेकपामा ओवादी कम्युनिष्ट विचारधारालाई अवलम्वन गर्दछ ।

मार्क्सवाद, लेनिनवादलाई आफनो प्रणेता मान्दछ । भोलिको विश्व र नेपाललाई हेर्ने दृष्टिकोणमा साम्यवादको परिकल्पना गर्दछ भने नेपाली कांग्रेस प्रजातन्त्रमा विश्वास गर्दछ । लोकतन्त्रलाई मुल मन्त्र ठान्दछ ।

पुँजीवादी अर्थ व्यवस्थालाई प्रश्रय दिन्छ, जुन माओवादीले सबैभन्दा वर्ग शत्रु देख्दछ । यीदुईको मुख्य राजनैतिक अभिष्ट भनेको गठवन्धन गरेर शक्ति र सत्तामा पुगेर राज्यसत्ताको दोहन गर्ने । जब गठबन्धनवाट जित हुन्छ ।

सरकारमा बसेर आफनो योजना लागु गर्न सक्दछ । एउटा राजनैतिक शक्ति आफनो विचारको पृष्ठपोषण गर्न लाग्दछ भने अर्को शक्ति आफनो पृष्ठपोषण गर्न । विचार र दृष्टिकोण नै अलगभईसेकपछि चुनावी घोषणापत्र र प्रतिवद्धता त कागजी हात्ती मात्र ।

नेपालको सन्र्दभमा भएको यत्तिहो । गठवन्धनको अर्को घटक नेकपा समाजवादी । नेकपा एमालेबाट विचार, दृष्टिकोणमा समान भएता पनि पद र शक्तिका लागि विभाजित घटक ।

जुन छर्लङ्ग देखिएको तथ्यहो । विचारमा समान हुँदा पनि फुट भनेको शक्तिको भोक शिवाय केही होइन, नेकपा एकीकृत समाजवादी, त्यही शक्ति हो । जो कम्युनिष्ट भईकन पनि यथास्थितिवादी शक्ति नेपाली कांग्रेससँग सहकार्य गरेर नेकपा एमाले, त्यसमाथि पनि ओलीलाई देखाईदिन चाहन्छ ।

यही शक्तिहरुको गठजोड हो, गठबन्धन । यस्ता गठवन्धनले के देश र जनतालाई हित गर्ला ? समाज परिवर्तनमा भूमिका खेल्ला, जनवाद र साम्यवादको रेखा कोर्ला ? किमार्थ सम्भव छैन ।

यति धेरै प्रष्ठ हुँदाहुँदै पनि नेताको पछाडी लागेर गठवन्धनको नारामा नारिनु भनेको मुर्खताशिवाय केही होइन । यही मुर्खतामा नै हामीले हाम्रो भविष्य खोजिरहेका छौ ।

प्रजातन्त्रको स्थापनापछि देशमा धेरै शासकले देशमा शासन गरे । दशकौ वित्दा पनि विश्वको प्रविधीले घिसार्नु शिवाय नेपालमा उल्लेखनीय विकास हुन सकेन । यसको निर्मम समिक्षा हुनु आवश्यक छ ।

परिवर्तन अवश्यम्भावी छ । यो निरन्तरतको पक्रिया हो । तर यसको गति भने हुन सकेन । यसको एउटै अर्थ हो । देशमा दुरगामी नेतृत्वको नेतृत्व भएन ।

जितका लागि गठबन्धन, तर त्यो जितका मुख्य उद्देश्य के हुनुपर्दथ्यो ? त्यो उद्येश्य पुरा भयो कि भएन ? आमजनता र समाज के चाहन्छ ?

शासन सत्ता र सरकार चलाउनु मात्र ठुलो कुरो होईन, शासन सत्तामा पुगेपछि देश र जनतामा परिवर्तन भयो कि भएनभन्ने कुरो मुख्य कुरो हो । यो विषयमा कोही पनि राजनैतिक दल र नेतृत्वहरु गम्भिर देखिएन । केही देखिए, तर अन्य राजनैतिक दल र नेतृत्वको जालझेल र कुदृष्टिलाई चिर्न सकेनन र पतनभएर गए ।

जितका लागि गठवन्धन, तर त्यो जितका मुख्य उद्देष्य के हुनुपर्दथ्यो ? त्यो उद्देश्य पुरा भयो कि भएन ?आमजनता र समाज के चाहन्छ ? त्यो सोच्ने यी जितकारीको ल्याकत नै छैन किनकी सवैको अभिष्ट एउटै हो, शासन सत्ता सम्हाल्ने र शक्ति देखाउने, त्यसैको नाममा लुट मच्चाउने । जितलाई नै समृद्ध देख्नेहरुको सोचले गठवन्धनलाई प्रश्रय दिइरह्यो ।

त्यसैको प्रहसन विगतमा पनि भए र अब पनि निरन्तर हुनेछ । नेपालको सन्र्दभमा सबैभन्दा घातक पक्ष भनेको गठबन्धन नै हो । जसले समृद्ध नेपाल निर्माणमा अवरुद्ध गरेको छ । प्रतिष्पर्धामा श्रेष्ठता हासिल गर्न नसक्नेहरुको सबैभन्दा प्रिय बनेको छ, गठबन्धन ।

जुनसुकै विचारधाराले पनि भन्छ, हरेक वस्तुको उपादेयता पनि निश्चित समयका लागि मात्र हुन्छ् । नकि सधैका लागि । जुन गएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको विजयले पनि यो पुष्टि गरेको छ ।

गठवन्धनका नारा र नेताको अभिष्ट पनि अब लामो समय रहन सक्दैन, किनकी यो सांसरिक नियम नै हो । गठबन्धनका नाममा जितेर पुनःशक्तिमा पुग्ने आशाले अब थेग्न सक्दैन । जनताको समृद्ध र देशको परिवर्तन नै अवको लक्ष्यहो । यो भन्दा बाहिर गएर कोही अगाडी वढ्छ भने त्यो मिथ्या मात्र हुनेछ ।

आफनै वलवुता र विचारले नै देशलाई समृद्ध र विकसित बनाउन भूमिका खेल्दछ । नत्र अबको दिनमा हजारौ हर्कराज राईहरु जन्मनेछन् । जसले नेपाललाई समृद्ध बनाउने सपना देखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित