
काठमाडौँ, ३ असार । त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको छ ।
सरकारले बमितहरुको उपचार गरेबापतको रकम उपलब्धन नगराएको भन्दै अस्पतालले स्वास्थ्य बीमा अन्तर्गत दिँदै आएको सुविधा स्थगित गर्ने निर्णय गरेको हो ।
अस्पतालले असार १५ गतेदेखि सेवा बन्द गर्ने भएको हो ।
२०७७ मंसिर देखि सेवा लिएका बिरामीहरूको उपचार गरेबापत स्वास्थ्य बिमा बोर्डले रकम भुक्तानी नगरेको अस्पतालले जनाएको छ ।
अस्पतालले असार १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
दैनिक ५ सय बढी बीमा अन्तर्गतका बिरामीहरु शिक्षण अस्पताल आउने गरेको अस्पतालले जनाएको छ ।
















प्रतिक्रिया