३ कार्तिक २०८३, मंगलबार

तनहुँमा खोलामा डुबेर युवकको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ३ असार । माछा मार्नेक्रममा व्यास नगरपालिका–५ स्थित साँगेखोलामा डुबेर शुक्रबार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–७ का १८ वर्षीय रुपेश विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

खोलामा डुबेर बेपत्ता भएका विकलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी दमौली अस्पताल पुर्‍याएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।

विकसँगै माछा मार्न गएका १७ वर्षीय विशाल उचैको भने जीवितै उद्धार गरी अहिले दमौली अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।