३ कार्तिक २०८३, मंगलबार

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिको हात खाली ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ असार । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलले आफ्नै कार्यालय नक्साल काठमाडौंमा आज दिउँसो आईपीओ बाँडफाँट गरेको हो ।

आज बाँडफाँट भएको आईपीओ एक लाख ३६ हजार ५ सय जना लगानीकर्ताहरूले १०१० कित्ता सेयर हात पारेका छन् भने १६ लाख ५५ हजार ३ सय ९५ आवेदकको हात खाली भएको छ । आईपीओ गोलाप्रथाबाट बाडफाँट भएको थियो ।

कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार कम्पनीको आईपीओ खरीदका लागि १८ लाख ४५ हजार ६७ जना आवेदकहरूबाट २ करोड १९ लाख ३५ हजार १० कित्ता शेयर खरीदको लागि आवेदन परेको थियो ।